
वडाध्यक्ष रिजालको निधनमा काठमाडौं महानगरमा भोलि शोक बिदा
काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि (शुक्रबार) शोक बिदा दिने भएको छ । महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीका अनुसार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले सबै सरकारी कार्यालयलाई शोक बिदा दिइएको हो ।
काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया भई सघन उपचार कक्षमा भर्नाभउका वडा अध्यक्ष रिजालको आज बिहान निधन भएको हो ।
रिजालको शव आजै अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदैछ । २०२७ सालमा जन्मिएका रिजाल नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।



कागजपत्र |
