

समानान्तर निर्माण सेवाका अध्यक्ष खरेल सम्मानित

काठमाडौं – महान्यायाधिवक्ताको कार्यालयले समानान्तर निर्माण सेवा प्रा.लि.लाई सम्मान गरेको छ । अग्नीप्रसाद खरेलको पद बहालीको तीन वर्ष पुगेको अवसरमा आयोजित एक कार्यक्रममा प्रा.लि.का अध्यक्ष अच्युतप्रसाद खरेललाई सम्मानित गरेका हुन् ।
श्री शर्मा÷समानन्तर जेभी निर्माण कम्पनीले निर्माण गरेको महान्यायाधिवक्ताको सिंहदरबारस्थित कार्यालय भवन निर्माण कार्य सम्पन्न गरेकोमा जेभीका प्रतिनिधि एवं समानान्तर निर्माण सेवा प्रा.लि.का अध्यक्ष खरेललाई सम्मानि गरिएको जनाइएको छ ।
भूकम्पपछि क्षतिग्रस्त महान्यायधिवक्ताको कार्यालय भवन खरेल अध्यक्ष रहेको समानान्तर निर्माण सेवाले श्री शर्मा निर्माण सेवासँगको जेभीमका निर्माण सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेललगायतको उपस्थिति रहेको थियो ।

