जुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं– जुम्लाको सिँजामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान ६ बजेर २० मिनेटमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हाडसिँजा जुम्लाका प्रहरी सहायक निरीक्षक सागर विसीले जानकारी दिए।

उनका अनुसार भे १ ज १०९९ नम्बरको जीप कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको थियो।

जीप सडकबाट करिब तीन सय मिटर तल खसेको विसीले बताए। उनका अनुसार जीपमा चालक र सहचालक मात्रै सवार थिए।

उनीहरुको सनाखत हुन सकेको छैन। केही बेरमा कागजपत्रहरु हेरेपछि सनाखत हुने उनले बताए।

प्रतिक्रिया