नेपालको तेस्राे जित, भुटानविरूद्ध ३ विकेटले विजयी


काठमाडौं – आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ ।

अपराजित यात्रा कायम राख्ने क्रममा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो ।

भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । कविता जोशीले ९ तथा सिता रानामगरले ८ रन बनाईन् ।

भुटानका लागि अन्जुली घलेले ३ तथा छिरिङ जानगेम्बाले २ विकेट लिईन् । अन्जु गुरुङ र सोनमले समान १/१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनाएको थियो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

प्रतिक्रिया