पोखरामा समाजवादी मोर्चाको सन्देशसभा सुरू


पोखरा — पोखरामा समाजवादी मोर्चाको सन्देशसभा सुरु भएको छ ।

मध्याह्न १२ बजे सुरु हुने भनिएको सन्देशसभा २ घन्टा ढिलो सुरू भएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका अतिथि आउन ढिलो भएपछि कार्यक्रम २ घण्टा ढिलो धकेलिएको हो ।

प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधन गर्नेछन् ।

 

प्रतिक्रिया