उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्प्कमल दाहाल प्रचण्डले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्कालाई बिहीबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको थियो । सचिवालयका अनुसार उनको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

उनलाई केही दिन अस्पतालमै बस्न चिकित्सकहरुले सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्री खड्कालाई भेटेर उनकोसाथै शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रतिक्रिया