राष्ट्रपति पौडेलद्वारा नेपाली क्रिकेट टिमलाई शुभकामना


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कप २०२३ को यात्रा आरम्भ गर्दै पाकिस्तानसँग पहिलो खेलमा सहभागी हुन लागेकोमा राष्ट्रपति पौडेलले बुधबार बिहान नेपाली टिमलाई सफलताको शुभकामना दिएका हुन् ।

एसिया कप २०२३ अन्तर्गत आज पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदै छ । खेल पाकिस्तानमा हुँदै छ । खेल आज दिउँसो सवा ३ बजेटदेखि सुरु हुनेछ ।

नेपालले एसिया कपमा दोस्रो खेल भारतसँग खेल्नेछ । भारतसँगको खेल श्रीलङ्कामा हुनेछ । आज पाकिस्तानसँग खेलेपछि नेपाली टिम भारतसँग खेल्न श्रीलंका जानेछ ।

प्रतिक्रिया