सप्तकोसी किनारमा मोबाइल र जुत्ता छोडेर डा. उज्जवल कोइराला सम्पर्कविहीन


उदयपुर – झापा दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्कविहीन भएका छन् । तर, सप्तकोशी नदी किनारमा भने उनले लगाएको जुत्ता र मोबाइल फेला परेको छ ।

उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर सम्पर्कविहीन भएका उनले लगाएको जुत्ता र उनले चलाउने मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको हो ।

उनको उदयपुर र सुनसरी प्रहरीले खोजी गरिरहेको छ । यसबारे प्रहरीले पनि अनुसन्धान थालेको छ ।

प्रतिक्रिया