

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासम परेको उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको हो ।
पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए ।
आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ ।

