

खोलामा डुबेर तनहुँमा बालकको मृत्यु

पोखरा – तनहुँमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। भानु नगरपालिका-१० मानेचौकास्थित पाउदीखोलामा पौडी खेल्ने क्रममा १० वर्षीय बालक समर्पण परियारको मृत्यु भएको हो।
लमजुङको सुन्दरबजार नगरपालिका-६ अरेलुचौर बस्ने उनलाई खोलाले बगाएर ८ सय मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

