मकवानपुरबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ


मकवानपुर – हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा बहुदरमाई नगरपालिका-६ गमरीया बस्ने ४७ वर्षीय हिरालाल शाह र बारा बस्तिपुर बस्ने ४८ वर्षीय धुरन साह रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.प्र ०३ -००१ ख २७५८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, हेटौडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजाको धुलो ४१ केजी ३ सय ग्रामसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय नारायण शाह गुणलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ज्यामीरे नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च २५२५ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजाको धुलोसहित गाडी चालक गुणलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया