आईफोन चिठ्ठामा पर्‍यो भन्दै ठगी गर्ने २ पक्राउ


काठमाडौं — आईफोन चिठ्ठामा पर्‍यो भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् ।

पर्साको बहुदामाई-८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहटको कटहरीया-१ का २१ वर्षीय उमेशकुमार यादब करिब ५० लाख रुपैयाँ, १८३ थान सीमकार्ड र १२ वटा एटीएम पक्राउ परेको प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।

उनीहरुमाथि विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको साथबाट ४९ लाख ९५ हजार रुपैयाँ नगद बरामद भएको छ ।

 

प्रतिक्रिया