त्रिशुली बस दुर्घटनाः ८ जनाको मृत्यु


धादिङ – काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो। घाइते ८ जनाको उद्धार भएको छ। मृत्यु हुनेमा दुर्घटनामा २ महिला र ६ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस गजुरीको चालिसे झरना नजिकैबाट त्रिशुलीमा खसेको हो ।

घटनाबारे विस्तृत विवरण आउँदै छ।

 

प्रतिक्रिया