वीरका विवादित निर्देशक डा. पौडेलमाथि कारवाहीको माग


काठमाडौं — वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलमाथि विभिन्न संगठनहरुले कारबाहीको माग गरेका छन् ।

डा. पौडेलमाथि वीर अस्पतालमा कार्यरत विभिन्न शाखा कर्मचारीहरुलाई विगतदेखि नै गालीगलोच र अपशब्द भन्दै आइरहेको आरोप लाग्दै आएको छ । यसै सन्दर्भमा हालैमात्र वीर अस्पतालको रेडियोलोजी विभागमा कार्यरत एक कर्मचारीलाई सार्वजनिक रुपमै गालीगलौच र अपशब्द प्रयोग गरेको भन्दै उनीमाथि कारबाहीको माग गरिएको छ । नेपाल रेडियोलोजिकल सोसाइटी र मधेसी स्वास्थ्यकर्मी फोरम, नेपालले डा. पौडेलको ज्यादति बढ्दै गएको भन्दै कारबाहीको माग गरेका हुन् ।

उनी यसअघि ट्रमा सेन्टरको निर्देशक हुँदा पनि कर्मचारीलाई गालिगलोज गर्ने धम्काउने , अपशब्द प्रयोग गर्ने जस्ता कार्य गरेको भन्दै उजुरी परेको थियो ।

उनीमाथि अस्पतालमा भष्टाचार, सचिवालय गठन, ३ करोडको कोटेशनमा सामान खरिद, केही रकम लिएर १० कर्मचारीको नियुक्तिलगायतका कार्य गरेको पनि आरोप लागेको छ ।

यसअघि डा. पौडेलले दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै एक कर्मचारीले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।

 

प्रतिक्रिया