


लामो समयपछि पारस–हिमानी साथसाथ, मेची क्राउनमा भेला भए राजपरिवारका सबै सदस्य

काठमाडौं– लामो समयपछि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको शुक्रबार भेट भएको छ। झापाको होटल मेची क्राउनमा पूर्वयुवराज दम्पत्ती आमने सामने भएका हुन्।
पूर्वरानी कोमल शाहको ७१ औं जन्मोत्सवको अवसरले यो साइत जुराएको हो। पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य धुलाबारीस्थित होटलमा पुगेका छन्।
यसअघि पारसबाहेक राजपरिवारका सदस्य मात्र जन्मोत्सवमा सहभागी हुने बताइएको थियो। पूर्वयुवराज यसअघि पोखरातिर व्यस्त थिए भने हिमानी काठमाडौं, थाइल्यान्डतिर मात्र हुने गरेकी थिइन्।
जन्मोत्सवले यो अवसर जुराएको हो। उनीहरूबीच सामान्य बोलचाल भएको बताइएको छ। राजपरिवारका सदस्यले सामूहिक तस्बिर खिच्नुका साथै जन्मोत्सवका लागि एक साता होटल बुक गरिएको छ।
बुधबारदेखि राजपरिवारका सदस्य होटलमा छन्। पूर्वराजा रानी भने लामो समयदेखि झापास्थित हिमालय टि स्टेटस्थित निवासमा थिए। हिउँद लाग्नासाथ उनीहरू हरेक बर्ष झापा पुग्ने गरेका छन्। यहि मेसोमा जन्मोत्सव मनाइएको हो।

