

बझाङ केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं – बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि गत साउन ३ गते विहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।

