
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं – राजधानी र पोखराबाट जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल(पाटि)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै गरी कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
