
मोहन बगानसँग भिड्दै मच्छिन्द्र
काठमाडौं – ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इण्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगानसँग खेल्दैछ।
खेल कोलकाताको साल्टलेक स्टेडियममा नेपाली समय अनुसार बेलुकी सवा ७ बजे शुरु हुनेछ।
प्रारम्भिक चरणमा घरेलु मैदानमा भुटानी क्लब पारो एफसीलाई पराजित गरेको मच्छिन्द्रले मोहन बगानलाई हराउन सकेमा प्लेअफमा पुग्नेछ। यो खेल जित्ने टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगल मध्ये एक टोलीसँग प्लेअफ खेल्नेछ।
दक्षिण एसियाली क्षेत्रको प्लेअफ जित्ने एक टोली एएफसी कपको समूह चरणमा पुग्नेछ।



कागजपत्र |
