कक्षा १२ को पूरक परीक्षा असोज ६ र ७ मा, कुन बिषयको कहिले ? (सूचनासहित)


काठमाडौं – कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि) असोज ६ र ७ गते हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गरी परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिन भनेको छ।

बोर्डका अनुसार असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीका सबै विषयको परीक्षा हुनेछ।

असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको विषयको परीक्षा हुनेछ।

गत जेठमा सञ्चालित कक्षा १२ को परीक्षाफल मंगलबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया