
नागरिकता लिए निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह, प्रमुख आयुक्तसहितले भेट नदिने
काठमाडौं– बहुमत सदस्य आफूसँग रहेको प्रमाणसहित शुक्रबार निर्वाचन आयोग जान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यको नागरिकता संकलन गरिएको छ।
बहुमत केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने स्थायी समितिको बैठक सकेर तयारी गरिएको हो। तर शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका अधिकारीले उक्त समूहलाई भेट नदिने भएको छ।
निर्वाचन आयोगको बार्षिकोत्सवमा औपचारिक कार्यक्रम राखिएको र उक्त समूहले पूर्वजानकारी समेत नदिएका कारण भेट नदिने अधिकारीहरूले बताएका छन्। प्रमुख आयुक्त थपलियाले पनि उक्त विषयको पुष्टि गरेका छन्।



कागजपत्र |
