गलवान सीमा झडपमा चीनियाँ पाँच सेना मारिएको स्वीकार


काठमाडौं – गएको जुन महिनामा भारतीय सेनासँग गलवान उपत्यकाको सीमामा भएको झडपमा आफ्ना पाँच जनमुक्ति सेना मारिएको चीनले स्वीकार गरेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो झडपमा पाँच चिनियाँ सैनिक मारिएको जानकारी शुक्रबार दिइएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ‘आफ्नो सम्प्रभुता रक्षा गर्ने क्रममा बलिदानी दिने सैनिकलाई श्रद्धाञ्जली दिनका लागि’ भन्दै सरकारी पत्रिका पीएलए डेलीले ती सैनिकको बारेमा बिस्तृत जानकारी दिएको हो ।

चीनको सेन्ट्रल मिलिटरी कमिसनले काराकोराम पहाडमा पाँच जना सैनिकको पहिचान भएको र उनीहरुलाई विभिन्न पदवीबाट पीएलएले सम्मानित गरेको छ । झडपमा २० भारतीय सैनिक मारिएका थिए । एजेन्सी

प्रतिक्रिया