गुल्मीमा अरिङ्गालले टोकेर एकजनाको मृत्यु


गुल्मी – गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ ।

सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो ।

तर, उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।

प्रतिक्रिया