६३ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ


ताप्लेजुङ – आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका-५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया