


बनेपाको पोखरीमा मृत अवस्थामा एक व्यक्ति फेला

काभ्रे – काभ्रेको बनेपास्थित लायकु तलापुखुफु पोखरीमा एक व्यक्ति मृत भेटिएका छन् ।
सोमबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटिएका ती व्यक्तिलाई स्थानीयबासी र प्रहरीले पोखरी बाहिर निकाल्दा मृत्यु भइसकेको जनाइएको छ । मृतकका बारेमा थप जानकारी खुलि नसकेको पनि प्रहरीले जनाएको छ ।
उनको कसरी मृत्यु भएको हो त्यस बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।

