नवनियुक्त मन्त्री शाहले लिइन् सपथ


काठमाडौं —  नवनियुक्त मन्त्री अनिता देवी शाहले सपथ लिएकी छिन् ।

राष्ट्रपति निवास शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा नवनियुक्त मन्त्री शाहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

उक्त अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

शाहको सपथसँगै सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सामेल भएको छ । मन्त्री शाहलाई संघीय तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया