
आँखा पाकेकालाई यात्रुलाई हवाई उडान नगर्न निगमकाे आग्रह
काठमाडौं – देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको प्रकोप फैलिँदै गएपछि अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले उडानमा कडाइ गर्न थालेका छन्।
आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेसँगै हवाई कम्पनीले उडान योग्यताको प्रमाणपत्र (फिट टु फ्लाई) खोज्न थालेका हुन्।
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सूचना जारी गरेर सो रोगसँग सम्बन्धित लक्षण देखिएका यात्रुलाई यात्रा नगर्न आग्रह गरेका छन्।
निगमका प्रवक्ता रमेश पौडेलले आधिकारिक चिकित्सकीय निकायबाट आँखा पाक्ने रोग नभएको वा अन्य व्यक्तिलाई नसर्ने सुनिश्चित भएको प्रमाणपत्र पेस गरेर मात्रै उडानमा सहभागी गराउन थालेको जानकारी दिए ।
उनले हवाई उडानपूर्व आफूमा त्यस्तो समस्या देखिएको शङ्का लागेमा वा कुनै लक्षण देखिएमा आँखा परीक्षण गरेर आफू स्वस्थ रहेको यकिन भएपछि मात्रै यात्रामा सहभागी हुन आग्रह गरे । गोरखापत्र दैनिकबाट



कागजपत्र |
