
बैठक सुरु हुनेवित्तिकै प्रतिपक्ष र सत्तापक्ष सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् ।
शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए ।
साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरुद्ध पारेका छन् । सांसद साहले होहल्लाका बीच आफ्नो भनाई राखेपछि एमाले सांसदहरूले नाराबाजी गर्दै सभामुखको ‘बेल’ घेराउ गरेका छन् ।



कागजपत्र |
