सामुदायिक वनलाई रोजगारी दिने र उत्पादनमुलक बनाउनुपर्छ : ओली


काभ्रे : नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले सामुदायिकस्तरमा संरक्षण गरिँदै आएको वन जंगल जोगाउन सबैले भूमिका खेल्नु पर्ने बताएका छ्न्।

एमाले वन तथा वातावरण विभाग केन्द्रको आयोजना भएको बृहत वृक्षारोपण समारोहलाई सम्बोधन गर्दै ओलीले वनलाई जोगाउन सबैले जोड दिनुपर्ने बताएका हुन् ।

आफूले रोपेको बोटबिरुवा हुर्काउने जिम्मा आफैँलाई रहेको बताउँदे उनले विरुवा रोपेपछि जिम्मा स्थानीय नागरिकलाई दिएको समेत बताए। अहिलेको सामुदायिक वनले नेपालको अरु वन संरक्षण समितिभन्दा उत्कृष्ट काम गरेको बताए।

वनले विभिन्न भूगोल र मौसम अनुसारको फलफूल र ल्वाङ, स्याउ, कटहर, आँप र डालेघाँसहरु लगायतका आम्दानी गर्न सकिने बिरुवाहरू रोपेर रोजगारी दिने र उत्पादनमुलक वन बनाउन सक्नुपर्ने उनको भनाई छ। वनलाई बहुआयामिक र बहु उपयोगी र उद्देश्य राखेर संरक्षण गरिनुपर्ने बताए ।

वन दिवसको अवसरमा धुलिखेल नगरपालिका(२ का पुर्व वडा अध्यक्ष स्व। राजन कोइराला स्मृति पार्कमा २ सय ७७ घर परिवारको संरक्षणमा रहेको ५८ हेक्टरमा बृहत वृक्षारोपण गरिएको हो ।

प्रतिक्रिया