आइपिएलमा अटाएनन् सन्दीप


काठमाडौं – नेपाली क्रिकेटर सन्दीप लामिछाने आइपिएलको आगामी सिजनका लागि खेल्न नपाउने भएका छन् ।

यसअघि २०१८ र २०१९ मा राम्रो खेल कौशल देखाएका सन्दीपमाथि यसपटक कुनै पनि टोलीले चासो देखाएनन् । ४० लाख भारु पारिश्रमिक तोकिएका सन्दीपले २०२० को सिजनमा भने टोलीमा परे पनि खेल भने खेल्न पाएका थिएनन् ।

यद्यपि २०२१ को सिजनमा उनी खेल्नसक्ने अपेक्षा धेरैले गरेका थिए । सामाजिक सञ्जालमा भने उनका प्रशंसक तथा क्रिकेट दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

उनीहरुमध्ये धेरैले सन्दीपको आगामी सिजनको खेल हेर्न नपाउने भएकोमा निराश देखिएका छन् ।

अघिल्ला दुई सिजनमा भने सन्दीपले ९ खेल खेल्न पाउँदा १३ विकेट लिएका थिए। विश्व क्रिकेटमै लोकप्रिय मानिएको आइपिएलमा खेल्ने सन्दीप पहिलो र हालसम्म एक्लो नेपाली खेलाडी हुन् ।

२०१८ मा सानो उमेरमै आइपिएलमा छिरेका सन्दीपले अब्बल खेल कौशल देखाएका थिए ।

प्रतिक्रिया