

रोल्पामा बस दुर्घटना अपडेट- ४ जनाको मृत्यु

काठमाडौं – रोल्पाको त्रिवेणी गाउँपालिका– ७ ऋचीमा मंगलबार भएको बस दुर्घटना परि ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा तीन पुरुष र एक महिला रहेको र उनीहरूको सनाखत भइनसकेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए। बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना।५ख २६१२ नम्बरको बस ऋचीमा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूमध्ये पाँचजनालाई थप उपचारका लागि घोराही पठाइएको र अन्यको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बसमा १८ जना सवार भएको बुझिएको छ।
बस सडकबाट एक सय मिटर तल खेर दुर्घटना ग्रस्त भएको छ ।

