लोकबहादुर थापा संयुक्त राष्ट्रसङ्घका लागि राजदूत नियुक्त


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि तथा जनवादी गणतन्त्र चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातन्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन्।

राष्ट्रपतिले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया