सभामुखसहित शीर्ष नेताको बैठक बिना निष्कर्ष सकियो, दिउँसो फेरि बस्ने


काठमाडौं – संसद्को गतिरोध अन्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।

सिंहरबारमा दिउँसो १२ बजे बसेको पहिलो चरणको बैठक कुनै निष्कर्ष नगरि सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेता सहभागी थिए ।

एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै आइरहेको छ । तर समिति बनाउन सरकार तयार छैन ।

प्रतिक्रिया