ललिता निवास प्रकरणमा आफ्नो संलग्नता नरहेको पूर्वमन्त्री जोशीको स्पष्टोक्ति


काठमाडौं – पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनीसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत् जोशीले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री जोशीले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा आफूलाई समेत पक्राउ पूर्जी जारी भएको सन्दर्भमा अनुसन्धान गर्ने निकायलाई पूरा सहयोग गर्ने बताए । उनले २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा आफू मन्त्री पदमा नरहेको समेत प्रष्ट पारेका छन् ।

जोशीले त्यसअघि नै असोज ४ गते आफूले मन्त्री पदबाट राजीनामा दिएको स्मरण गर्दै मन्त्रिपरिषद्‌मा सामाजिक समितिमा सो प्रस्ताव जाँदा पनि आफू पदमा नरहेको दाबी गरे ।

सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्व भूमिसुधार मन्त्री जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उनले ललिता निवासबारे मन्त्रिपरिषदमा निर्णय हुँदा (२०६९ असोज १८ गते) आफू मन्त्री पदमा नरहेको स्पष्ट पारेका छन् । आफूले त्यसअघि नै असोज ४ गते राजीनामा गरिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया