प्रचण्डको सुरक्षामा पूर्वपिएलएः खुमलटारमा डिभिजन र अगुवामा बटालियन कमाण्डर


काठमाडौं– सरकारी सुरक्षाकर्मीको कटौती गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका लागि पूर्वजनमुक्ति सेना अर्थात् तत्कालिन माओवादीले बनाएको पिपुल्स लिबरेशन आर्मी (पिएलए) खटिएको छ।

युद्धकाल सकिनासाथ शान्ति प्रक्रियामा आउँदा प्रचण्डको पहिलो सुरक्षा घेरा पिएलएको थियो। अहिले पार्टी विभक्त हुने अवस्था र सरकारले सुरक्षाकर्मी कटौती गरेपछि घर र अगुवा गाडी पनि पिएलएको सुरक्षामा छन्।

प्रचण्ड निवास खुमलटारमा तत्कालिन ७ नम्बर डिभिजन कमाण्डर सन्तु दराई (परवाना) छन्। उनीलगायत आधा दर्जन पूर्वपिएलए खुमलटारको सुरक्षामा सरकारी अनुमतिबिना खटाइएका छन्।

स्रोतका अनुसार परवानालाई त प्रचण्डले सचिवालयमा पनि राखेका छन्। तर उनको मुख्य स्वकीय सचिव भने जोगबहादुर महरा हुन् भने सबै प्रबन्ध मिलाउनेचाहिँ छोरी गंगा दाहाल। यसअघि छोरा प्रकाश दाहालले उनको सचिवालय सम्हालेका थिए।

खुमलटारबाहिर भने अगुवा गाडीको नेतृत्व पूर्व बटालियन कमााण्डर प्रकाश पाण्डे (प्रलोक) हुन्। उनको नेतृत्वमा ८ जना खटिएका छन्। स्रोतले भन्यो,‘सुरक्षा थ्रेटलाई मध्यनजर राखी प्रलोकको नेतृत्वमा अगुवा गाडी नीजि प्लेटमा खटाइएको छ।’ प्रचण्डको अगुवा स्कारपियोले गर्छ।

यस्तै, प्रचण्डको सुरक्षाका लागि पूर्वपिएलएहरू वीरेन्द्र वीएम (मन्जिल), युवराज दुलाल (शरद)लगायत पनि छन्। यीबाहेक तालिमप्राप्त लडाकुलाई खटाइएको छ।

यो पनि पढ्नुहोस्

अगुवा सुरक्षा फिर्तापछि प्रचण्डलाई नीजि गाडीमा पूर्वपिएलएको अनिवार्य कार्गेट

प्रतिक्रिया