

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ – प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ ।
यससँगै सूचक २०७८.५९ विन्दुमा आएको छ । १ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको ८५५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ११ पटक सेयर कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।

