माओवादी केन्द्रमा थपिँदै २२ केन्द्रीय सदस्य, अब हुने भयो ४०७ जनाको केन्द्रीय समिति


काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने भएको छ ।

माओवादीले ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने तयारी गरेको हो ।

आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

त्यसका लागि आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ ।

केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बताईएको छ ।

 

प्रतिक्रिया