
सत्तापक्ष र प्रतिपक्षबीच सहमती हुन नसकेपछि संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित
काठमाडौं – प्रतिनिधिसभाको आज मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ। सत्तारुढ दल र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमती हुन नसकेपसछ आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित भएको हो ।
एमालेको अडानका कारण संसद सचिवाललयले सूचना टाँसेर साउन २२ गते सोमबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ। मंगलबार पनि एमालेले संसदमा सरकारको कुरा सुन्ने तर उच्चस्तरीय समिति गठन नभए सदन अवरुद्ध पार्ने बताएको थियो।
सरकार समिति गठन गर्ने पक्षमा नरहेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो। यसअघि यही साउन १० गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो। सोमबार पनि एमालेले संसद चल्न नदिने भएपछि सूचना टाँसेर स्थगित गरिएको थियो।




कागजपत्र |
