राप्रपा कार्यालयमा डोजर चलाउनेबारे सिडिओ कार्यालयमा छलफल जारी


काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउनेबारे जिल्ला प्रशासन कार्यालयसँग छलफल गरिरहेको छ।

अहिले महानगरका पदाधिकारी र काठमाडौँका प्रमुख जिल्ला अधिकारीबीच छलफल भइरहेको काठमाडौं नगर प्रहरीले बताएको छ । महानगरले केही नगर प्रहरी र डोजर अहिले हाँडीगाउँमा तयारी अवस्थामा राखेको छ।

बिजुलीको हाइटेन्सन लाइनमुनि कार्यालय भवन रहेको भन्दै महानगरले हटाउन राप्रपालाई गत शुक्रबार समय दिएको थियो। तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो।

महानगरले कार्यालय भत्काउने भनेपछि सोमबार बिहानैदेखि राप्रपाका नेता, कार्यकर्ताहरू केन्द्रीय कार्यालय पुगेका छन्। राप्रपा कार्यकर्ताहरूले सडकमा गाडी राखेर अवरोधसमेत गरेका छन्।

प्रतिक्रिया