प्रचण्ड भेट्न एमालेका अध्यक्ष ओली बालुवाटारमा


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएकाे छ ।

आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।

सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन । जसका कारण फेरि सर्वोच्च कामूको भरमा चल्ने वातावरण सिर्जना भइरहेको छ ।

 

प्रतिक्रिया