

खैरो हेरोइनसहित बाँकेबाट दुई युवक पक्राउ

बाँके – लागूऔषध खैरो हेरोइनसहित बाँकेबाट प्रहरीले दुई जना पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका- १५ जमुनाहबाट खैरो हेरोइन करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका- १३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका ३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

