
चावहिलका नापी अधिकृत पुरीविरुद्ध १ करोड गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा
काठमाडाैं – एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चावहिलका नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।
नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो।
पुरी २०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। उनले २०७९ असार मसान्तसम्म एक करोड चार लाख तीन हजार नौ सय ४१ रूपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जनगरेले उनी विरुद्ध मुद्दा दायर गरेको ओयोगले जनाएको छ।



कागजपत्र |
