


सुचारु भयो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर दुई घण्टापछि सुचारु भएको छ । आज (शुक्रबार) सर्भर डाउन हुँदा यात्रुहरु विचल्ली परेका थिए ।
करिब साढे दुई घण्टापछि सर्भर सुचारु भएको विमानस्थलले जनाएको छ । सर्भर डाउन भएको कारण नेपालबाट बाहिरिने र नेपाल भित्रिने यात्रुहरुले समस्या भोग्नु परेको थियो ।
अन्तराष्ट्रिय विमानस्थलमा पटक–पटक यस्ता समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय मौन छन् । सर्भर डाउन भएका कारण विदेशबाट नेपाल आएका २ वटा र नेपालबाट विदेशका लागि उड्न लागेको चार वटा जहाजका यात्रुहरु अलपत्र परेका थिए ।

