कपिलवस्तुबाट अवैध ४८ लाखसहित एक जना पक्राउ


कपिलवस्तु – प्रहरीले अवैध भारतीय रुपैयाँ र स्रोत नखुलेको नेपाली रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ आन्दोलन चोकका ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रूपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा कोठामा लुकाइछिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ गरी ४८ लाख ५ हजार १२७ रुपैयाँसहित गुप्तालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको समेत जनाएको छ ।

प्रतिक्रिया