प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौ – प्रि ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ ।

यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

२३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो ।

१५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

प्रतिक्रिया