विदेश जानेले अब २५ सय डलरसम्म रकम लैजान पाउने


काठमाडौं – राष्ट्र बैंकले विदेश जाँदा डलर सटहीको दायरा बढाएको छ । यससँगै अब विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो । हाल भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म १ हजार ५०० अमेरिकी डलर सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो ।

राष्ट्र बैंकले उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पु¥याइएको हो । विदेशी मुद्रा सञ्चितिमा सुधार आएपछि राष्ट्र बैंकले विदेश भ्रमणमा जानेका लागि डलर सटही सुविधाको सीमा बढाएको हो । अब विदेश जानेले २५ डलरसम्म लैजान पाउनेछन् ।

 

प्रतिक्रिया