केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न शेखर कोइरालाको माग


काठमाडौ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक तत्काल खारेज गर्न माग गरेका छन् ।

केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो भनाइ राख्दै उनले नीतिगत रुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय हुुुनेगरी ल्याएको उक्त विधेयक खारेज लिन माग गरेका हुन् । कांग्रेस उपाध्यक्ष तथा कानुनमन्त्री धनराज गुरुङले ल्याएको उक्त विधेयक तत्काल खारेज लिन कोइरालाले माग गरेका हुन् ।

राजनीतिक दल वा समूहका नाममा जस्तासुकै अपराधीलाई उन्मुक्ति दिने कुरा कांग्रेसको मूल्य मान्यताविपरीत भएको उनको भनाइ छ ।

 

प्रतिक्रिया