चट्याङ लागेर रोल्पामा वडा सदस्यको मृत्यु


रोल्पा – पूर्वी रोल्पामा बिहीबार चट्याङ पर्दा सुनछहरी गाउँपालिका–३ का वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको छ ।

आफ्नो भाईको घरमा सुतेका बेला बिहीबार राति साढे ९ बजेतिर परेको चट्याङबाट उनको ज्यान गएको प्रहरीले जनााएको छ ।

प्रहरीका अनुसार सुनछहरी–३ गामको नौलीबाङ कुइपाधाराका उनी करिब ३ किलोमिटर दक्षिणमा रहेको आफ्नो भाइ खन घर्तीमगरको घरमा पाहुना गएका थिए ।

हावाहुरीसँगै परेको चट्याङबाट घरमा समेत क्षति पुगेको छ । मृतक घर्तीमगर तत्कालीन माओवादी सशस्त्र युद्धमा संलग्न लडाकुसमेत थिए ।

घटनाबारे शुक्रबार बिहान जानकारी पाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पास्थित जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भूसालले बताए ।

प्रतिक्रिया