

विमानस्थलमा थप सय केजी सुन रहेको आशंका, राजस्व अनुसन्धान विभागको टोली पुगे भन्सार कार्यालय

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को थप सय केजी सुन भेटिएको आशंका गरिएको छ।
राजस्व अनुसन्धान विभागका अनुसनर आज (बिहीबार) दिउँसो अर्को सय केजी सुन भेटिएको सुचना आएपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना एयरपोर्ट भन्सार कार्यालय पुगेकाका छन् । विमानस्थलमा तस्करीको थप सुन रहेको आशंकामा जाँच भइरहेको विभागले जनाएको छ ।
बुगलबार विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन बरामद भएको थियो । मोटरसाइकल/स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद भएको थियो ।
बरामद भएको उक्त सुन परीक्षणका लागि टक्सार विभाग लगिएको छ ।

