मुलपानीबाट १ लाख नगदसहित १३ जना जुवाडे पक्राउ


काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका- ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-१ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छहो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया