

नेपालको आठौं विकेट गुम्यो, रोहित र गुल्सन दुवै आउट

काठमाडौं – श्रीलंकामा जारी इमर्जिङ मेन्स क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले आठौं विकेट गुमाएको छ ।
धर्मराएको नेपालको पारीलाई सम्हालेका कप्तान रोहित पौडेल ६५ रनमा आउट हुँदा उनलाई साथ दिएका गुल्सन झा पनि आउट भएपछि नेपालको पारी थप संकट परेको हो ।
रोहित र गुल्सन लगातार ओभरमा ६५ र ३८ रन बनाउँदै आउट भए । अहिले नेपालका पवन सर्राफ र किशोर महतोले ब्याटिङ गरिरहेका छन् । नेपालले अहिले ३६ ओभरमा १६३ रन बनाउँदा ८ विकेट गुमाएको छ ।

